थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

काठमाडाैं | मंसिर १५, २०८०

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै हुनुहुन्थ्यो । उहाँले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोकसंस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रँगाउँदै हुनुहुन्थ्यो । 

 

कैलालीको जानकी गाउँपालिका–३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गर्नुभएको छ । माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लैजानुभयो । 

 

चित्रकलाको चारवर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उहाँले काम गर्दै आउनुभएको छ छ । मित्थुले विशेष २५ हजार पाएको उहाँले बताउनुभयो । 

 

“अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्तेचित्र बनाएको थिएँ । त्यसबाट रू। २५ हजार पाएको थिएँ”, मित्थुले भन्नुभयो । उहाँका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू। ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ । 

 

यतिबेला उहाँले बाँकेको बैजनाग गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै हुनुहुन्छ । उहाँले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहनुभएको छ ।

 

मूर्तिको विशेषता हेरेर मूल्य निर्धारण हुने भएकाले एउटा मूर्ति कुँदेबापत रू। २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो । व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उहाँले बताउनुभयो । 


मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारु संस्कृति सङ्ग्रहालयमा चित्र र मूर्ति बनाइरहनुभएको छ । थारु संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रुपमा अघि बढेको उहाँको भनाइ थियो । रासस

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्